वीरगन्ज :

जितपुरसिमरा १४ का बिरामीलाई निशुल्क रगत उपलब्ध गराउन सम्झाैता

श्रेणी : मधेस

7 months
Pradeep Sah
2.4kViews
1321 Shares

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा र जितपुरसिमरा उपमहानगरपालिकाकाे वडा -१४ कार्यालय बिच आइतबार सम्झौता भएको छ ।

वडा नं. १४ अन्तर्गतका बिमारिहरुलाई उपचारको क्रममा रक्तसञ्चार केन्द्रबाट आवश्यक पर्ने रगत निशुल्क उपलब्ध गराउन रेडक्रस र वडा कार्यालय बिच सम्झाैता भएकाे रेडक्रसका राजन श्रीवास्तवले जानकारी दिए । उक्त सम्झाैतामा रेडक्रस पर्साका सभापति बिरेन्द्र राज कंडेल र वडाध्यक्ष चयन गुरुङले हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षरको क्रममा सेवा कार्यलाई तिब्रता दिदै रगतको परिक्षण शुल्कलाइ वडावासी लगायत सबै ठाउँको बासिन्दाहरुलाई समेत निशुल्क रगत उपलब्ध गराउनको लागि आफ्नो क्षेत्रमा लगायत अन्य निकायमा समेत पहल गर्ने गराउने प्रतिबद्धता वडाध्यक्ष गुरुङले जनाए ।

रक्तदान कार्यक्रम देखि रक्तसञ्चार केन्द्र सम्म र साथै सो रगतलाई विभिन्न रोग परिक्षण गरेर बिरामिको रगतले क्रसम्यासको प्रक्रियालाई पूरा गरेर बिरामी सम्म सुरक्षित पुर्याउने कार्यमा लाग्ने शुल्कलाई ध्यानमा राखि वडाध्यक्ष गुरुङले गर्नु भएकाेमा धन्यवाद दिदै प्रत्येक वडा एवं प्रत्येक स्थानीय जनप्रतिनिधिले समेत रेडक्रसको कार्यमा समन्वय एवं सहयोग गर्नु पर्ने रेडक्रस पर्साका सभापति कडेलले वताए ।

साे अवसरमा नेपाल रेडक्रस पर्साका नि.शाखा अधिकृत बिरशम्सेर प्रसाद कुर्मी, सहायक राजन श्रीवास्तव र मिना क्षेत्री लगायतकाे उपस्थिती रहेकाे थियाे । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *