वीरगन्ज :

जितपुरमा ट्राफिक चेकजाँच कडा, नियम उल्लङ्घन गर्नेलाई कडा कारबाही

श्रेणी : मधेस

3 weeks
Pradeep Sah
1.6kViews
1033 Shares

बारा,११ फाल्गुन । अस्थायी ट्राफिक प्रहरी पोस्ट जितपुरका सहायक निरीक्षक काशिन्द्र यादवको नेतृत्वमा सवारी साधनको चेकजाँचलाई कडाइ गरिएको छ। ट्राफिक नियमको उल्लङ्घन रोक्न तथा सुरक्षित यातायात व्यवस्थापन गर्न ट्राफिक प्रहरी टोलीले दैनिक रूपमा अनुगमन गर्दै जरिवाना तथा कारबाही प्रक्रिया अघि बढाएको छ।

ट्राफिक प्रहरीले जितपुर बजार र आसपासका निषेधित क्षेत्रमा पार्किङ गरिएका मोटरसाइकल, अटोरिक्सा, ट्रक, पिकअप, भ्यान, बस लगायतका सवारी साधनहरूलाई कारबाही गरेको छ। ब्लुबुक तथा चालक अनुमतिपत्रको अनिवार्य चेकजाँच गरिनुका साथै सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने नियम लागू गरिएको छ।

ट्राफिक प्रहरीको टोलीले विद्यालय बसमा क्षमताभन्दा बढी विद्यार्थी कोच्न नपाइने तथा यात्रुवाहक बसमा सिटभन्दा बढी यात्रु राख्न नपाइने नियम पालना गराउन निर्देशन दिएको छ। ट्राफिक निरीक्षक यादवले नियम उल्लङ्घन गर्ने चालकलाई सम्झाइबुझाइ छाडिएको तर पुनः गल्ती गरेमा जरिवाना सहित कानुनी कारबाही हुने चेतावनी दिएका छन्।

पर्सा र बाराका विभिन्न स्थानबाट जितपुर हुँदै गुड्ने सवारी साधनहरूमा निगरानी बढाइएको छ। यात्रु सुरक्षाका लागि ट्राफिक प्रहरीले ट्राफिक नियम पालना गर्न सबैलाई आग्रह गरेको छ। यात्रुवाहक बसहरूमा सिट क्षमताभन्दा बढी यात्रु राख्ने चालक र सहचालकलाई पहिलोपटक सम्झाइबुझाइ छाडिएको र दोहोरिएमा कडा कारबाही गरिने जानकारी ट्राफिक सहायक निरीक्षक यादवले दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *