श्रेणी : अन्तर्राष्ट्रिय
जापानको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२२ मा जापानमा जग्गाको मूल्य एक दशमलव ६ प्रतिशतले वृद्धि भएको छ ।
सन् २०२३ को जनवरी १ सम्ममा देशभरका करिब २६ हजार स्थानमा गरिएको सर्वेक्षणमा औसत मूल्याङ्कन अघिल्लो वर्षको तुलनामा एक दशमलव ६ प्रतिशतले बढी रहेको जनाइएको छ ।
यो १५ वर्षयताकै सबैभन्दा ठूलो वृद्धि भएको र कोभिडको प्रतिबन्ध हटेपछि कार्यालय, आवास र होटलको माग बढेको मन्त्रालयले जनाएको छ ।
सन् २००८ मा १ दशमलव ७ प्रतिशतले मूल्य वृद्धि भएयता सबैभन्दा बढी मूल्य वृद्धि भए पनि यो वृद्धि प्रमुख शहरभन्दा बाहिर देशभर फैलिएको मन्त्रालयले जनाएको छ ।
टोकियो, ओसाका र नागोयाको सबैभन्दा ठूलो सङ्ख्या २ दशमलव १ प्रतिशतले बढेको छ भने चार क्षेत्रीय शहर साप्पोरो, सेन्दाई, हिरोशिमा र फुकुओकाको मूल्यमा ८ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिक्रिया