वीरगन्ज :

जानकी जन्मोत्सवका कार्यक्रमहरू विधिवत् सुरु

श्रेणी : धर्म संस्कृति

2 months
Pradeep Sah
1.9kViews
1012 Shares

जनकपुर,१८ वैशाख । धनुषाको जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा जानकी जन्मोत्सवका औपचारिक कार्यक्रमहरू आजदेखि विधिवत् रूपमा सुरु भएका छन्। मन्दिर परिसर धार्मिक श्रद्धा, भक्ति र सांस्कृतिक रौनकले भरिएको छ।

मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासका अनुसार आजदेखि वैशाख २३ गतेसम्म प्रत्येक दिन दिउँसो ४ बजे श्रीरामकथाको वाचन हुनेछ भने बेलुका ७ बजे जानकीको जन्म बधाई मङ्गलगानसहित सांस्कृतिक कार्यक्रम गरिनेछ। साथमा अखण्ड रामायण पाठ पनि अविरल रूपमा चल्ने जानकारी दिइएको छ।

उत्सवको मुख्य दिन वैशाख २३ गते मंगलबार बिहान ५ बजे जानकी मन्दिरबाट दूधमती नदीसम्म भव्य शाही स्नान गराइनेछ। सोही दिन दिउँसो १२ बजे जन्म आरती तथा बधाई गीतहरू प्रस्तुत गरिनेछन् भने ४ बजे डोला शोभा यात्रा र बेलुका ७ बजे दीपोत्सवसहित विशेष आरती आयोजना गरिनेछ।

जानकी जन्मदेखि छठिहारसम्म प्रत्येक दिन मन्दिरको गर्भगृहमा बधाई गीत गाउने परम्परा यस वर्ष पनि निरन्तर चलाइने मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

वैशाख २४ गते उपासनाका लागि मटकोर कार्यक्रम र २५ गते सीता–राम विवाह महोत्सव भव्य रूपमा मनाइनेछ, जसमा धार्मिक झाँकी, सांस्कृतिक नाचगान र भक्तजनको ठूलो उपस्थिति रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *