वीरगन्ज :

जाडो र शितलहरले प्रभावति इटियाहिको दलित वस्ती राहतको पर्खाइमा

श्रेणी : मधेस

3 weeks
Pradeep Sah
2.5kViews
1254 Shares

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ ईटियाही टोलका ५० घरदुरीका दलित परिवार जाडोले कठ्याङ्ग्रिदाे अवस्थामा रहेपनि कुनै निकायले राहत सहयोग नगरेको गुनासाे गरेका छन ।

बिभिन्न दातृ निकायहरु विभिन्न ठाउँका जाडाे प्रभावित दलित तथा गरीब परिवारलाई सहयोग गरेपनि इटियाहीका गरिब तथा विपन्न दलित परिवारलाई सहयाेग नगरेकाे स्थानिय समाजसेवी चन्देश्वर साहले गुनासाे गरेका छन् । जाडाे प्रभावित इटियाहीका ५० घर परिवालाई राहत स्वरुप न्यानाे कपडाकाे आवश्यकता रहेकाे उनले वताएका छन् ।

केही दिनदेखिकाे बढ्दाे जाडाे र शितलहरका कारण ति परिवार घुर तापेर जाडो छल्दै आएका छन । स्थानिय दलित अगुवाका अनुसार जाडोको शुरु देखी नै स्थानिय जनप्रतिनिधिहरु संग यस बिषयमा कुरा राख्दा आश्वाशन मात्रै दिएको तर बुधबार सम्म कम्बल लगायतकाे न्यानाे कपडा बितरण गर्न भने पनि बितरण नगरेको गुनासाे गरे ।

यसैगरी जिल्ला बन कार्यालय, गाउँपालिकाको कार्यालय र विपद्काे लागि काम गर्दै आएका बिभिन्न क्रियाशिल स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ/संस्था, रेडक्रसले पनि वास्ता नगरेको सो गाउँका स्थानिय अगुवाहरुले बताएका छन् ।

स्थानिय तथा जिल्ला स्तरिय विपद् व्यवस्थापन समिति समेत गठन भएपनि बिपद्काे समयमा पुर्ब तैयारी नरहँदा स्थानिय दलित, गरीब, असहाय, सिमांकृत समुदायलाई पिडा हुने गरेको बुद्धिजीवीहरु बताउँछन । विगतमा केही स्थानिय पालिकाहरुले कम्बल लगायतकाे न्यानाे कपडा वितरण गर्दै आएपनि समयमै बितरण नगर्दा समस्या हुने गरेकाे छ ।

विभिन्न दातृ निकायकाे सहयाेगमा जिल्ला विपद् व्यवस्थापन समितिकाे तर्फबाट विभिन्न ठाउँकाे जाडाे प्रभावितलाई राहत वितरण गर्दै आएका पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यस ठाउँमा पनि ध्यान पुग्न जरुरी देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *