वीरगन्ज :

जसपा नेपालको संसदीय दलको बैठक बस्दै

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
2.6kViews
1503 Shares

काठमाडौं, २७ माघ । अध्यादेशबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक बस्दैछ ।

जसपा नेपालका सांसद दिपक कार्कीका अनुसार संसदीय दलको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । ‘अधयादेबारे अध्ययन कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने भनिएको छ,’ कार्कीले बैठकको एजेण्डाबारे जानकारी दिए ।

जसपा नेपालले कार्यकारिणी समितिको बैठकबाट उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएर अध्यादेशहरूबारे अध्ययन गरेको छ । उक्त कार्यदलले गत मंगलबार र बुधबार गरेर १० जना विज्ञसँग छलफल गरेको थियो ।

विज्ञसँगको छलफलको आधारमा कार्यदलले सुझावसहितको प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदनउपर गत शुक्रबार समेत छलफल भएको थियो । तर, शुक्रबार संघीय संसद्को दुवै सदनको कार्यसूचीबाट अध्यादेश अगाडि बढाउने कार्यक्रम हटाइएको भनेर कुनै निर्णय गरेको थिएन ।

आइतबार पनि दुवै सदनको बैठक बस्दैछ । दुवै सदनको सम्भावित कार्यसूचीमा अध्यादेश अगाडि बढाउने कार्यक्रम समावेश छैन । ‘सदनको सम्भावित कार्यसूचीमा अध्यादेश नरहेको जानकारी पाएका छौं । तैपनि हामी अध्ययन कार्यदलको प्रतिवेदनउपर छलफल भने गर्छौं । निर्णयका सम्बन्धमा छलफलपछि मात्रै भन्न सकिन्छ’ जसपा नेपालका सांसद कार्कीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *