वीरगन्ज :

जसपा नेपालको बारा अध्यक्षमा पचरौताको पूर्व मेयर यादव निर्वाचित

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.3kViews
1437 Shares

बारा,२२ वैशाख । जनता समाजवादी पार्टी नेपालको बारा जिल्ला अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ। यस अधिवेशनमा पचरौता नगरपालिकाका पूर्व मेयर रमेश कुमार यादव अध्यक्ष पदमा निर्वाचित भएका छन्।

सिद्धेश्वर उच्च माध्यमिक विद्यालयमा शनिबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएको थियो भने आइतबार बिहान ९ बजे मतगणना सुरु भएको थियो। निर्वाचनमा कुल ४ सय ७९ मतदाता थिए, जसमा ४ सय ७२ मत मात्र खसेका थिए।

मतगणनाको परिणाम अनुसार, रमेश कुमार यादवले २ सय ६९ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी धर्मवीर यादवले १ सय ७५ मत प्राप्त गरे।

यस अधिवेशनले ५७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ। अध्यक्ष पदमा रमेश कुमार यादव, उपाध्यक्ष पदमा शिवेन्द्र प्रताप सिंह, पुनम देवी कुशवहा, सचिव पदमा शम्भु कुमार गुप्ता, उपसचिव पदमा सिकेन्द्र दास र नन्दन गुप्ता, तथा कोषाध्यक्षमा विनोद प्रसाद यादव निर्वाचित भएका छन्। अन्य सदस्यहरूको मतगणना भने जारी रहेको निर्वाचन अधिकृत शंकर प्रसाद साहले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *