वीरगन्ज :

जसपासँगको तालमेलप्रति असन्तुष्टि जनाउँदै न्यौपानेले गरे एमाले परित्याग

श्रेणी : राजनीति

3 years
birgunj report
29Views
0 Shares

काठमाडौं । जसपासँगको तालमेलप्रति असन्तुष्टि जनाउँदै एमाले केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले पार्टी परित्याग गरेका छन् । न्यौपानेले शनिबार पार्टीलाई पत्र लेख्दै अध्यक्ष केपी शर्मा ओलीले जनताको अपेक्षा विपरीत पार्टी कार्यकर्ताको मागलाई बेवास्ता गर्दै जसपासँग गठबन्धन गरेकाले आफू एमालेमा नरहने जनाएका छन् ।

उनले भनेका छन्, ’जनताको हित नचाहने र भारतको इशारामा नेपालमा गतिविधि गर्ने एउटा साम्प्रदायिक पार्टीसँग गठबन्धन गरेकाले आजैकै मितिदेखि केन्द्रीय सदस्यबाट राजीनामा दिन्छु र स्वतन्त्र भई देश र जनताको हितमा काम गर्नेछु।’

न्यौपानेले मधेशमा साम्प्रदायिकता भड्काई नाकाबन्दी जस्ता घृणित कार्य गर्ने जसपासँग एउटा राष्ट्रवादी पार्टी एमालेका अध्यक्ष ओलीले गठजोड गरेको आरोप समेत लगाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *