श्रेणी : राजनीति
6Views
0
Shares
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) की सांसद सहनाज रहमानको निधन भएको छ। हृदयघातका कारण उनको शनिबार निधन भएको हो ।
झापा घर भएकी सांसद रहमानको निधन भएको संसदीय दलका नेता रामसहायप्रसाद यादवले जानकारी दिए । ‘घ्याम्पेडाँडाको एक कार्यक्रममा सहभागी हुन गएकी उनी कार्यक्रमस्थलमै हृदयघात भएर ढलेकी थिइन् ।
त्यसपछि उनलाई मध्यपुर थिमी अस्पताल लगिएको थियो । केन्द्रीय सदस्य रहमानलाई जसपाले समानुपातिक सांसद बनाएको थियो।
प्रतिक्रिया