वीरगन्ज :

जलहरी प्रकरण छानबिन गर्न संसदीय समिति बनाउनुपर्छः सांसद पौडेल

श्रेणी : BANNER

1 year
birgunj report
6Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पशुपतिनाथको जलहरी प्रकरण छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद पौडेलले जलहरी प्रकरण गम्भीर विषय भएकाले छानबिनका लागि समिति बनाउन माग गरेका हुन् ।

उनले भने, ‘भ्रष्टाचार कहीँ पनि हुनु हुँदैन । धार्मिक आस्थाको केन्द्र भ्रष्टाचारमा जोडिँदा विश्वमा हाम्रो शिर निहुरिएको छ । दुई वर्षपछि अख्तियारले छानबिन गरेको छ । अख्तियारले किन यति ढिला गर्यो ? यो गम्भीर विषयको छानबिनका लागि समिति बनाउन मेरो आग्रह छ ।’ जलहरीको प्रकरण छानबिनको माग भएपछि आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापतौल लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *