वीरगन्ज :

जर्मनीमा गोली चल्दा कम्तिमा ६ जनाको मृत्यु

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
15Views
0 Shares

उत्तरी जर्मनीको ह्याम्बर्गमा भएको बन्दुकधारीको आक्रमणमा कैयौँ मानिसहरू मारिएका छन् । ‘जहोभस विटनेस’ इसाई अभियानकर्मीहरूको बैठक कक्षमा गोली चलाउने बन्दुकधारी पनि घटनामा मारिएको हुनसक्ने प्रहरीले बताएको छ ।

जर्मन सञ्चार माध्यमका अनुसार कम्तिमा ६ जना मारिएका छन् । घटनाको उद्देश्य अझै यकिन हुन नसकेको प्रहरीले जनाएको छ । ह्याम्बर्गकै अर्को स्थान ग्रस ब्रोस्टलमा भएको गोली प्रहारमा पनि केही मानिसहरू घाइते भएका छन् ।

प्रहरी प्रवक्ता होल्गर भेरेनले गोली चलाउने व्यक्ति पनि त्यही भवनमा रहेको र मृतकमध्ये एक हुनसक्ने समाचार संस्था एपीलाई बताएका छन् । उनका अनुसार घटनामा प्रहरीले हतियार प्रयोग गर्नुपर्ने आवश्यकता परेको थिएन ।

प्रहरीले केही घाइतेहरूलाई अस्पताल लगिएको बताएको छ । घटनास्थलमा लिइएका भिडिओहरूमा प्रहरी सुरक्षामा हलबाट मानिसहरूलाई बाहिर निकालिँदै गरेको र कतिपयलाई एम्बुलेन्समा लगेको देखिन्छ ।

ह्याम्बर्गका आन्तरिक मामिला मन्त्री एन्डी ग्रोटले ट्विट गर्दै प्रहरीको विशेष फौज र ठूलो सङ्ख्यामा अधिकारीहरू घटनास्थलमा परिचालन गरिएको बताएका छन् । प्रहरीले सर्वसाधारणलाई घटनाको अनुमानबारे सार्वजनिक अभिव्यक्ति नदिन र हल्ला नफैलाउन अपील गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *