
श्रेणी : खेलकुद
2.8kViews
1920
Shares
काठमाडौं,२४ पुस । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगितामा बुधबार दुई खेल हुने भएका छन्।
तेस्रो खेलमा मधेश प्रदेश र बागमती प्रदेश भिड्नेछन्। यो खेल बिहान ९:३० बजे बीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा हुनेछ।
यस्तै, चौथो खेलमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश आमनेसामने हुनेछन्। जनकपुरमा तय यो खेल पनि बिहान ९:३० बजेबाट सुरु हुनेछ।
प्रतियोगिताको पहिलो दिन भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल ड्रमा टुंगिएको थियो। त्यस्तै, बागमती प्रदेश र मधेश प्रदेशबीचको खेल पनि बराबरीमा सकिएको थियो।
बुधबारका खेलहरूबाट प्रतियोगिताले नयाँ मोड लिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया