वीरगन्ज :

जय ट्रफी एलिट कप: बागमतीले पुलिसलाई ११६ रनको लक्ष्य

श्रेणी : खेलकुद

9 months
Pradeep Sah
1.6kViews
1104 Shares

जनकपुर,२८ पुस । जनकपुरमा जारी जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा बागमती प्रदेशले नेपाल पुलिस क्लबलाई ११६ रनको लक्ष्य दिएको छ। पहिलो इनिङमा १०३ रनले पछि परेको बागमतीले दोस्रो पालीमा उत्कृष्ट प्रदर्शन गर्दै ५३ ओभरमा २१८ रन बनायो।

बागमतीका लागि ओपनर रीत गौतम र शुभ कंसकारले अर्धशतक प्रहार गरे। रीतले ९३ बलमा ५३ रन बनाएर ८ चौका हाने भने शुभले ७४ बलमा १२ चौका र १ छक्कासहित ७० रनको शानदार पारी खेले। कप्तान सन्दीप लामिछाने र सूर्य तामाङले समान १६ रनको योगदान दिए।

बलिङतर्फ पुलिसका ललित राजवंशीले तीन विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। श्रवण यादवले दुई विकेट हात पारे भने गुल्सन झा, प्रेम तामाङ, कुशल भुर्तेल र रासिद खानले एक-एक विकेट लिए।

अब पुलिसले जितका लागि ११६ रनको लक्ष्य पछ्याउनुपर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *