श्रेणी : खेलकुद
जनकपुर,२२ पुस । जय ट्रफी एलिट कप क्रिकेटमा दोस्रो दिनको खेल रोमाञ्चक रूपमा अघि बढिरहेको छ। पर्साको बीरगन्जमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल तथा धनुषाको जनकपुरमा बाग्मती प्रदेश र मधेश प्रदेशबीचको खेल जारी छ।
पुलिस क्लबले पहिलो पारीमा ७ विकेटको क्षतिमा १०३ रनबाट ब्याटिङ सुरू गर्दै १२५ रनमा इनिङ्स टुंग्यायो। जवाफमा, त्रिभुवन आर्मी क्लबले आफ्नो दोस्रो पारीमा ४ विकेट गुमाउँदै ७२ रन बनाएको छ। आर्मीले हालसम्म कुल ६८ रनको अग्रता लिएको छ। पहिलो पारीमा आर्मी १२१ रनमै समेटिएको थियो।
जनकपुरमा, बाग्मती प्रदेशले २ विकेटको क्षतिमा ३४ रनबाट आजको खेल सुरू गर्दै पहिलो पारीमा १५० रनमा अलआउट भयो। मधेश प्रदेशले दोस्रो पारीमा स्थिर सुरूआत गर्दै अहिलेसम्म कुनै विकेट नगुमाई १७ रन बनाएको छ। मधेश ३१ रनले पछि रहेको छ। यसअघि पहिलो पारीमा मधेश १०२ रनमै समेटिएको थियो।
चार टोलीको सहभागिता रहेको जय ट्रफी दुई दिवसीय प्रारूपमा खेलाइँदैछ। लिग चरणका खेलहरू सिङ्गल राउन्ड रोबिन आधारमा सम्पन्न हुनेछ। शीर्ष दुई टोलीबीचको फाइनल खेल तीन दिवसीय प्रारूपमा हुनेछ।
प्रतिक्रिया