वीरगन्ज :

जमुनी सिचाइ आयोजनाको बाकी काम पूरा गर्न सिचाइ मन्त्री खड्काकाे निर्देशन

श्रेणी : मधेस

8 months
Pradeep Sah
2.9kViews
1138 Shares

कलैया । बारा र रौतहटको ९ हजार ५ सय हेक्टर जमिन सिंचाइ गर्ने लक्ष्य रहेको जुमनी सिंचाइ आयोजनाको विहिबार नेपाल सरकारका केन्द्रिय उर्जा तथा सिचाइ मन्त्री दिपक खडकाले स्थलगत निरिक्षण गरेका छ्न । निरीक्षणका क्रममा मन्त्री खड्काले मन्त्रालयका सचिव लाई अधुरो रहेको काम लाई तुरुन्त ठेक्का लगाइ काम लाई अघि बढाउन निर्देशन दिएका हुन् ।

नेपाली कांग्रेस बाराका जिल्ला सचिव राजेश रौनियारले जमुनी सिचाइ आयोजनाको बारे मन्त्री खड्कालाई ध्यानाकर्षण गराएका थिए । उनले संचारकर्मीसंग कुरा गर्दै २०७२ साल माघदेखि आयोजनाको काम शुरु भएको वताए । उनले २२ करोड ४० लाख ५१ हजार १ सय ४५ रुपैयाँको लागतमा निर्माण कार्य सुरु भएको जानकारी दिए ।

जमुनी सिचाइ आयोजनामा कुल लागत एक अरब रहेको छ । जसमा ७० करोड को काम समपन्न भैसकेको र ३० करोड काम बाकी रहेको छ । अर्थ मन्त्रालयबाट रकमको स्रोत सहमति बितिकै टेन्डर प्रक्रिया हुने छ र बाकी रहेको कामलाई टेन्डरद्वारा तुरुन्तै सुरु गर्ने मन्त्रीले बताएका छन । जसका लागि विहिबार सचिवलाई मन्त्रीले ठाडो निर्देशन दिएर अर्थको सहमति गराउन तथा चाडो टेन्डर प्रक्रिया लग्न भएका छन ।

सिचाइको समस्या उक्त क्षेत्रमा समाधान यो आयोजना पूरा भएपछि बाराको पचरौता नगरपालिका, आदर्शकोतवाल गापा, सिम्रौनगढ नगरपालिका तथा छिमेकी जिल्ला रौतहटकाे सिचाई समस्या समाधान हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *