श्रेणी : राजनीति
4Views
0
Shares
काठमाडौं,४ असोज ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अन्याय र प्रताडनामा परेका पात्रभन्दा समकालीन नेपाली विकृत सार्वजनिक जीवनका बिम्ब भएको नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले बताएका छन् ।
सरकारले जबरालाई नजरबन्दमा राखेपछि कांग्रेस नेता रिजालको यस्तो भनाइ आएको हो। आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उनले यस काममा सतहमा देखिएभन्दा अध्याधिक कठिनाइ विद्यमान रहेको र सामना गर्न तयार हुनुपर्ने बताएका छन्।
संसदको कार्यकाल सकिएपछि महाभियोग निश्कृय भएको भन्दै जबरा गत आइतबार सर्वोच्च जाने तयारीमा थिए तर सरकारले उनकै निवासमा बन्धक बनाएर राखेको थियो।
प्रतिक्रिया