
श्रेणी : अपराध
2.1kViews
1594
Shares
सिरहा,२१ बैशाख । जबरजस्ती करणीको आरोप लागेका फरार प्रतिवादी बिवेक साहलाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ । बरियारपट्टी गाउँपालिका–१ का १९ वर्षीय साहलाई प्रहरीको संयुक्त टोलीले औरही गाउँपालिका–१ दरैया टोलबाट पक्राउ गरेको हो।
प्रहरीलाई प्राप्त सूचनाका आधारमा प्रहरी चौकी कचनारी र हर्कट्टीबाट खटिएको टोलीले लुकीछिपी बसेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिरेन्द्र कुमार पासवानले जानकारी दिए।
साहविरुद्ध जबरजस्ती करणी सम्बन्धी मुद्दा रहेको र जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया