वीरगन्ज :

जन्मकैद सजायका फरार व्यक्ति २३ वर्षपछि पक्राउ

श्रेणी : BANNER

2 months
Pradeep Sah
1.8kViews
1215 Shares

कपिलवस्तु,२२ वैशाख । कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएका फरार एक व्यक्तिलाई २३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार, शिवराज नगरपालिका-६ का ६१ वर्षीय सुकई पासीलाई २३ वर्षपछि पक्राउ गरिएको हो। पासीले २०५४ साल भदौ २ गते स्थानीय अतावरी कोरीलाई कर्तव्य ज्यान गरी हत्या गरेका थिए।

सोही घटनामा कर्तव्य ज्यान मुद्दामा, २०५९ साल असार १७ गते कपिलवस्तु जिल्ला अदालतले उनलाई जन्मकैदको सजाय तोकेको थियो। घटनापछि पासी फरार भएका थिए र अदालतको फैसलापछि उनलाई पक्राउ गर्न सकेको थिएन।

पक्राउ परेका पासीलाई विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जानकारी दिएका छन् जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक माधव विश्वकर्मा। हाल, सुकई पासीलाई जन्मकैद भुक्तानको लागि कपिलवस्तु कारागारमा पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *