
श्रेणी : समाचार
25Views
0
Shares
काठमाडौं । पूर्वप्रधामन्त्री डा. बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउन पाइने तर त्यसलाई नियमित अदालतले हेर्न नमिल्ने बताएका छन् ।
सोमबार सामाजिक संजालमार्फत भट्टराईले शान्ति सम्झौता अनुसार जनयुद्धकालीन मुद्दा हेर्नुपर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘सानो स्पष्टीकरण–बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन । मज्जाले पाइन्छ । म आफैं प्रधानमन्त्री छँदा थुप्रै मु्द्दा खेपेको छु,अदालतमा हाजिर भएको छु । तर शान्ति सम्झौता अनुसार जनयुद्धकालीन मुद्दा टिआरसीले हेर्ने हो, नियमित अदालतले हैन ! प्रधानमन्त्री प्रचण्डको हकमा पनि त्यही हो ! आवेग हैन विवेकले काम गरौं !’

प्रतिक्रिया