वीरगन्ज :

जनमत र नागरिक उन्मुक्तिबीचको पार्टी एकता स्थगित

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.1kViews
1534 Shares

काठमाडौँ,१८ वैशाख । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको बहुप्रतीक्षित एकता प्रक्रिया केही दिनका लागि स्थगित भएको छ। वैशाख १७ गते सार्वजनिक रूपमा एकता घोषणा गर्ने कार्यक्रम तय भए पनि त्यसै दिन नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको गिरफ्तारी भएपछि प्रक्रिया अवरुद्ध भएको हो।

रेशम चौधरीलाई सर्वोच्च अदालतको नक्कली आदेशको आधारमा पक्राउ गरिएको बताइएको छ। पछि अर्को आदेशपछि उनलाई रिहा गरिए पनि एकताको वातावरण तत्कालका लागि बिग्रिएको जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले जानकारी दिए। उनले भने, “एकता त निश्चित छ, तर अहिले केही दिनका लागि कार्यक्रम स्थगित भएको हो। दुवै पार्टी आन्तरिक समीक्षा गरेर मात्र प्रक्रिया अघि बढाउँछौं।”

खानका अनुसार, अब पार्टीहरू आ-आफ्नो औपचारिक बैठक बसेर संयुक्त समीक्षा बैठकमा घटनाको मूल्यांकन गर्ने छन्। त्यसपछि मात्र एकताको नयाँ मिति तय हुनेछ।

जनमत र नागरिक उन्मुक्तिबीच विगत डेढ वर्षदेखि एकताको प्रयास हुँदै आएको थियो। एकीकृत पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने, चुनाव चिन्ह ‘ढकिया’ रहने र डा. सीके राउत कार्यकारी अध्यक्ष, रेशम चौधरी संरक्षक तथा रञ्जिता श्रेष्ठ सहअध्यक्ष रहने सहमति भइसकेको थियो। ७०० सदस्यीय केन्द्रीय समिति र अन्य पदहरूमा दुवै पार्टीबाट समान प्रतिनिधित्व हुने सहमति पनि भइसकेको थियो।

सुरुमा तय भएको सहमति अनुसार, वैशाख १९ गते निर्वाचन आयोगमा पार्टी दर्ता गराउने तयारी थियो। अब उक्त प्रक्रिया स्थगित भई समीक्षा पछि पुनः अगाडि बढाइने जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *