वीरगन्ज :

जनमत पार्टी पर्सामा ५ दर्जन युवाहरु प्रबेश

श्रेणी : BANNER

1 year
Pradeep Sah
3.0kViews
1607 Shares

वीरगंज । जनमत पार्टी पर्साकाे युवा भेटघाट एवं पार्टी प्रवेश कार्यक्रम वीरगंजमा सम्पन्न भएकाे छ । जनमत पार्टी निकट युवा जनमत संघ वीरगंज महानगर समितिकाे कार्यक्रममा वीरगंजका युवा नेता मनोज साहको पहलमा ५ दर्जन युवाहरु जनमत पार्टीमा प्रवेश गरेकाे जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए ।

जनमत युवा संघ वीरगंज महानगरका संयोजक संजय सिंहको अध्यक्षता र युवा जनमत संघका केन्द्रिय संयोजक संजय यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै युवा जनमत संघका केन्द्रिय संयोजक संजय यादवले मधेस प्रदेश सरकार भ्रष्टाचार र कमिसनखोरीमा लिप्त रहेको आरोप लगाए । उनले अब युवाहरू भ्रष्टाचार र बेथिति विरुद्ध आक्रमक रुपमा लाग्नु पर्ने युवाहरूलाई निर्देशन समेत दिए ।

उक्त कार्यक्रममा जनमत पार्टीका नेता एवम् पुर्व वरिष्ठ प्रहरी उपरीक्षक अनुराग द्विवेदीले युवाहरूलाई प्रशिक्षण समेत दिएका थिए ।

वीरगंजस्थित जिल्ला पार्टी कार्यालयमा भएकाे कार्यक्रममा पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, केन्द्रिय सदस्यहरु करिमा बेगम, मुकेश द्विवेदी, बिधालाल प्रसाद, श्याम गुप्ता, जिल्ला सचीव शशी पाण्डे, कोषाध्यक्ष अभिसेख तिवारी, युवा नेताहरू राजुराज गिरी, बिष्नु कुशवाहा, लोकेश कर्ण, सिकेन्द्र राम, बिजय गुप्ता, रेखा यादव, सन्तोषी गुप्ता लगायतको उपस्थिति रहेको थियो । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *