वीरगन्ज :

जनमत पार्टी पर्साद्वारा छपकैयामा आँखा शिविर सम्पन्न,२७ जनामा मोतियाबिन्दुको समस्या

श्रेणी : मधेस

3 months
Pradeep Sah
2.4kViews
1525 Shares

वीरगंज,९ माघ – जनमत पार्टी पर्साको लोककल्याणकारी अभियान अन्तर्गत ७ औं निशुल्क आँखा शिविर सम्पन्न भएको छ । बिरगंज महानगरपालिका वडा नम्बर ३ छपकैयामा आँखा शिविर सम्पन्न भएको हो । शिविरमा १ सय १२ जनाको आँखाको चेकजाँच गरिएको जनमत पार्टी पर्साले जनाएको छ । आँखा चेकजाँच गरिएको मध्ये २७ जनामा मोतियाबिन्दुको समस्या फेला परेको जनमत पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सर्राफले बताए ।

उनका अनुसार मोतियाबिन्दु देखिएकाहरुको वीरगन्ज सामुदायिक आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिनेछ । शिविरमा वीरगन्ज सामुदायिक आँखा अस्पतालका डा । महेश सिंह धामी लगायतको टोलीले आँखाको चेकजाँच गरेका थिए ।
पार्टीले जिल्लाका आम नागरिक,सर्वसाधारणलाई मध्यनजगर गर्दै आँखा चेकजाँचको अभियान सुरु गरिएको बताए । ग्रामिण इलाकाका नागरिकहरु स्वास्थ्य सेवाको पहुँचमा आउनबाट वञ्चित हुने तथा उनीहरुमा सूचनाको अभाव समेत रहने भएकाले अभियान नै चलाएर चेकजाँच र शल्यक्रिया सुरु गरिएको अध्यक्ष सरार्फले जनाए ।

आजको कार्यक्रमको समन्वय ,सहजीकरण स्थानीय युवा सन्तोष वर्णवाल लगायतकाले गरेका थिए नेता रम्भा मिश्रले संयोजन गरेकी थिईन । कार्यक्रममा वडा इकाई अध्यक्ष पुनम कर्ण , नेताहरू राजनराण मिश्र लगायतको सक्रिय सहभागीता रहेको थियो । जनमत पार्टी पर्साको लोक कल्याणकारी अभियान अन्तर्गत अहिले सम्म शहरदेखि गाउँसम्म ८ सय जना लाभान्वित भएका छन् भने २ सय जनाको निशुल्क मोतियाबिन्दको शल्यक्रिया गरिएको जनमत पार्टी पर्साले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *