वीरगन्ज :

जनमत पार्टीसहितका ३ दल बिच सहकार्य गर्न सहमती

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.2kViews
1127 Shares

वीरगंज । जनमत पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल तथा तराई-मधेश लोकतान्त्रिक पार्टी बिच सहकार्य गर्न सहमती भएकाे छ ।

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदेश त्रिपाठी र तराई-मधेश लाेकतान्त्रिक पार्टीका बृषेशन्द्र लाल बिच आइतबार भएकाे छलफलमा सहकार्य गर्ने लिखित सहमती भएकाे हाे ।

देशको वर्तमान परिस्थितिप्रति चिन्तित र सजग हुँदै ७ बूँदाहरु प्राथमिकतामा राखी दी र्घकालिन् समाधानका लागि सतत प्रयत्नशील रहने प्रणका साथ ३ दल सहमत भएका हुन् ।

तीन दलले सार्वजनिक गरेकाे सहमतीमा नेपालको संविधानको रक्षार्थ यसमा समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण गर्न पहिलाे बुंदामा छ ।

त्यसैगरी तराई-मधेशका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्न, विद्यमान सबै प्रकारका विभेदहरू अन्त्य गर्न, उत्पादनमुखी अर्थतन्त्र स्थापित गरी राष्ट्रिय पूँजी निर्माण गर्न, देशको कृषि उत्पादनमा वृद्धि तथा किसानको हितमा क्रियाशिल रहन पनि उल्लेख छ ।

त्यसैगरी उद्योग-धन्धा तथा कलकारखानाहरू स्थापित गर्दै रोजगारी सिर्जना गर्न र गुणस्तरीय तथा सर्वसुलभ शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा सुनिश्चित् गर्न सहकार्य गर्न सहमति पत्रमा उल्लेख छ ।

तीन दल उपरोक्त विषयहरूमा सहमत अन्य दलहरुलाई पनि यस सहकार्यको अभियानमा सरिक हुन अनुरोध समेत गरेकाे छ । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *