वीरगन्ज :

जनमत पार्टीले धोती दिवस मनाउने

श्रेणी : अन्तर्राष्ट्रिय

4 months
Pradeep Sah
1.6kViews
1242 Shares

काठमाडौं,१४ पुस । अंग्रेजी नयाँ वर्षको दिन(जनवरी १ तारिक) मा जनमत पार्टीले राष्ट्रिय धोती दिवस मनाउने भएको छ । पुस १७ (जनवरी १) मा जनमत पार्टीले राष्ट्रिय धोती दिवस मनाउने निर्णय गरेको हो ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले राष्ट्रिय धोती दिवस मनाउने निर्णय गरेको जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले जानकारी गराए ।

आ–आफ्नो मौलिकता झल्कने गरी धोती, कुर्ता लगायतको पोशाक लगाएर राष्ट्रिय धाेती दिवसकाे कार्यक्रममा उपस्थित हुन जनमतले पार्टीले निर्देशन दिएको छ ।

राष्ट्रिय धोती दिवस सबै जिल्लामा मनाइने जनमत पार्टीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *