
श्रेणी : मधेस
रुपन्देही,१६ भदाै । रुपन्देही क्षेत्र नम्बर–३ मा हुने उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीका पूर्वनेता धनीराम चौधरीलाई जनमत पार्टीले आफ्नो आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको छ।
यसअघि संघीय लोकतान्त्रिक मोर्चाले धनीरामलाई समर्थन गर्ने योजना बनाएको थियो, तर जनमत पार्टीले उनलाई आफ्नो दलमा प्रवेश गराएर उम्मेदवार घोषणा गरेपछि मोर्चा नेताहरू अन्योलमा परेका छन्।
धनीराम चौधरीले नागरिक उन्मुक्ति पार्टीभित्रको पारिवारिक कलह र रेशमलाल चौधरीको बदमासीका कारण आफूले नयाँ पार्टी रोज्नुपर्ने अवस्था आएको बताए। उनले रुपन्देही–३ को थारू र मधेशी समुदायको राजनीति राम्ररी बुझ्ने भएकाले आफ्नो जित निश्चित रहेको दाबी पनि गरे।
जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले धनीरामलाई पार्टीको उम्मेदवार घोषणा गर्दै उनी थारू आन्दोलनका अगुवा भएको र विजय सुनिश्चित रहेको बताए।
यस घटनापछि संघीय लोकतान्त्रिक मोर्चाले अन्य स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने गृहकार्य सुरु गरेको छ। रुपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दिवंगत नेता दीपक बोहराको निधनपछि उपनिर्वाचन हुन लागेको हो।


प्रतिक्रिया