
श्रेणी : मधेस
बीरगन्ज,०४ भदौ । जनमत पार्टीले कानुन व्यवसायमा आबद्ध व्यक्तिहरूलाई संगठित गर्दै ‘पेशागत कानुन व्यवसाय जनमत संघ’को १२ सदस्यीय तदर्थ समिति गठन गरेको छ।
समितिको संयोजकमा अधिवक्ता उपेन्द्र कुमार साह, सह–संयोजकमा रन्जित कुमार साह, सचिवमा रामछबिला यादव, सह–सचिवमा राहुल कुमार रजक र कोषाध्यक्षमा पिटर जङ्ग कुवर रहेका छन्। अन्य सदस्यहरूमा हरि प्रसाद साह, घुरण साह, गौरीशंकर महतो, दिब्या सिंह, लक्ष्मी ठाकुर, काजल चौधरी र सुरेश सुनार रहेका छन्।
समितिको पहिलो बैठकमा तीनवटा मुख्य निर्णय गरिएको छ। पहिलो, केन्द्रीय तदर्थ समिति गठन, दोस्रो, केन्द्रीय विधान मस्यौदा समिति गठन, र तेस्रो, देशभरि जिल्ला कमिटीहरू विस्तार गर्ने निर्णय।
यी निर्णयले जनमत पार्टीले कानुन व्यवसाय क्षेत्रमा पनि आफ्नो संगठन विस्तार गर्दै प्रभाव जमाउने तयारी गरेको देखाउँछ।


प्रतिक्रिया