वीरगन्ज :

जनमत पार्टीको देशव्यापी संगठन सुदृढीकरण अभियान सुरु हुने

श्रेणी : प्रदेश

4 months
Pradeep Sah
2.4kViews
1343 Shares

जनकपुर,१८ भदाै । जनमत पार्टीले संगठनलाई थप सक्रिय, पारदर्शी र बलियो बनाउने उद्देश्यका साथ देशव्यापी समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम घोषणा गरेको छ।

पार्टीको केन्द्रीय सचिवालय समितिको निर्णयअनुसार, यो अभियान भदौ ३० गतेदेखि असोज ५ गतेसम्म देशका विभिन्न जिल्लामा सञ्चालन हुनेछ।

कार्यक्रममा पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जय कान्त राउत प्रमुख अतिथि रहनेछन्। बैठकमा राष्ट्रिय परिषद् सदस्य, प्रदेश प्रतिनिधि, जिल्ला इन्चार्ज, पालिका तथा वडा अध्यक्ष/सचिवहरू सहभागी हुने जनाइएको छ।

कार्यक्रम तालिका यस्तो छ: पहिलो दिन बाँके र बर्दिया जिल्लामा बैठक हुनेछ, त्यसपछि क्रमशः कञ्चनपुर, कैलाली, नवलपरासी, रुपन्देही, र कपिलवस्तु जिल्लामा कार्यक्रमहरू सञ्चालन हुनेछन् ,स्थानहरू पछि सार्वजनिक गरिने जनाइएको छ ।

पार्टीले सहभागी सबैलाई कम्तीमा तीनपटक गरेको बैठकको माइन्यूटको फोटोकपी अनिवार्य रूपमा ल्याउन निर्देशन दिएको छ। यसले पार्टीभित्रको गतिविधि नियमितता र पारदर्शिता कायम राख्ने उद्देश्य लिएको बुझिएको छ।

पार्टीले यो अभियानलाई संगठनात्मक संरचना बलियो पार्ने र स्थानीयस्तरमा नेतृत्व सक्रिय बनाउने अवसरका रूपमा लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *