वीरगन्ज :

जनमत पार्टीको जिल्लामा संगठन विस्तार कार्य तिब्र, धमाधम वडा अधिवेशन हुँदै

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.7kViews
1075 Shares

वीरगंज (पर्सा), २९ पुस । जनमत पार्टीले पर्सा जिल्लामा संगठन बिस्तार कार्यलाई तिब्रता दिएको छ । पर्सा जिल्लाको १४ वटै पालिकामा वडा अधिवेशन धमाधम भइरहेको छ । अहिलेसम्म करिब ५० वटा वडाहरुमा वडा अधिवेशन सम्पन्न भएको र संगठन बिस्तारलाई तिब्रता दिदै पार्टीलाई जनतासँग जोडने, जन सरोकारका मुद्दा उठान गर्ने, लोककल्याणकारी कार्यक्रम ल्याउने, सबै तहका नेता, कार्यकर्तालाई प्रशिक्षित गर्दै अगाडि बढ्ने कार्यमा व्यस्त रहेको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले बताए ।

केन्द्रिय सर्कुलर अनुसार माघभित्र जिल्लाको प्रत्येक वडामा वडा अधिवेशन सम्पन्न गर्ने, फागुनमा सबै पालिका तथा चैतमा जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको जनमत पार्टी पर्साका इन्चार्ज एवं पार्टी प्रवेशका राष्ट्रिय संयोजक माधव सिँहले जानकारी दिए । वडा एवं पालिका अधिवेशन सम्पन्न गर्न प्रत्येक पालिकामा सक्रिय नेताहरुलाई प्रवेशक्षकको रुपमा जिम्मेवारी दिएको उनको भनाई छ ।

जनमत पार्टी सबै वर्ग समुदायको नयाँ आशाको किरण र आशा भरोसाको केन्द्रको रुपमा स्थापित हुँदै गएकोले दिनहुँ जसो विभिन्न पार्टी परित्याग गरि पार्टी प्रवेशको लहर बढेको सिंहको भनाई छ । विभिन्न पालिकाको प्रवेक्षकमा नेताहरू शशि कपुर मियाँ, सिपु तिवारी, डा. चन्दन चौहान, अधिवक्ता हरिहर साह कानु, सुजित चौरसिया, श्याम गुप्ता, बिनय यादव, ई.राजुराज गिरी, संजय सिह, दिपेन्द्र यादव, सन्तोष साह, राजेश चौरसिया, मनोज यादव, अमरनाथ राठौर, शशि पाण्डे, रेखा यादव, अभिषेख तिवारी, ई. राहुल रौनियार, उमाशन्कर गुप्ता, महादेव शर्मा, गगनदेव यादव, बिष्णु कुशवाहा, अन्जना गुप्ता लगायत सक्रिय रुपमा लागेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *