वीरगन्ज :

जनमत पार्टीको जगरनाथपुर गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न

श्रेणी : मधेस

7 months
Pradeep Sah
1.9kViews
1926 Shares

बीरगन्ज,२१ वैशाख । जनमत पार्टीको जगरनाथपुर गाउँपालिकाको दोस्रो अधिवेशन हिजो सफलतापूर्वक सम्पन्न भएको छ। युवानेता सुनिल मुखिया बिनको अध्यक्षतामा सर्वसम्मतिमा ४१ सदस्यीय नयाँ गाउँपालिका समिति गठन गरिएको छ।

सो कार्यक्रममा प्रदेश सदस्य बृजेश्वर प्रसाद चौधरीको नेतृत्वमा कार्यवाहक समिति गठन प्रक्रिया सञ्चालन गरिएको थियो। बैठक पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं। ४, सुहपुरस्थित क्षेत्रीय सम्पर्क कार्यालयमा भएको थियो।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा जिल्ला कार्य समितिका उपाध्यक्ष अमरनाथ सिंह राठौर र विशिष्ट अतिथिका रूपमा वीरगंज महानगरपालिका समितिका उपाध्यक्ष केदार पटेल उपस्थित थिए। साथै, स्थानीय नेताहरू ठाकुर प्रसाद चौधरी र रामप्रताप महतो लगायत अन्य गणमान्य व्यक्तिहरूको समेत उल्लेखनीय उपस्थिति थियो।

यस अधिवेशनले जनमत पार्टीलाई जगरनाथपुर गाउँपालिका तहमा अझ बलियो बनाउने विश्वास व्यक्त गरिएको छ। ४१ सदस्यीय नयाँ समिति गठनसँगै पार्टी संगठनको कार्यक्षमता र गतिविधिहरूलाई थप सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *