वीरगन्ज :

जनमत पार्टीका कोषाध्यक्ष यादव ५ लाख धरौटीमा रिहा

श्रेणी : अर्थ

2 months
Pradeep Sah
3.1kViews
1594 Shares

जनकपुर,०५ जेठ । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई जिल्ला अदालत ललितपुरले ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। आइतबार न्यायाधीश टेकराज जोशीको इजलासले धरौटीमा छाड्ने आदेश दिएसँगै उनी रिहा भएका हुन्।

यादवविरुद्ध ठगी र आपराधिक विश्वासघातको आरोप लाग्दै आएको थियो। डा. शरदसिंह यादवले जिल्ला प्रहरी परिसर ललितपुरमा उनीविरुद्ध जाहेरी दिएपछि प्रहरीले वैशाख ७ गते सप्तरीको राजविराजबाट उनलाई पक्राउ गरी काठमाडौं ल्याएको थियो।

अब अदालतको आदेशपछि यादव कानुनी प्रक्रिया जारी राख्दै बाहिरिएका छन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *