वीरगन्ज :

जनमत पर्सा जिल्ला अध्यक्ष सर्राफसहित ७ जना नेताकार्यकर्ता प्रहरी नियन्त्रणमा

श्रेणी : मधेस

10 months
Pradeep Sah
2.9kViews
1862 Shares

वीरगंज (पर्सा), ३ असोज । संविधान दिवसको दिन संविधान संशोधनको माग राख्दै वीरगञ्जमा बिहीबार साँझ प्रदर्शनमा उत्रिएका जनमत पार्टीका नेता कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घण्टाघर चोकमा जनमत पार्टीका नेताकार्यकर्ताहरुले संविधान संशोधनका लागि माग गर्दै प्रदर्शन गरिरहेका बेला प्रहरीले जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफसहित ७ जना नेताकार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएकाहरुमा जनमत पार्टीका जिल्ला अध्यक्ष सर्राफ, केन्द्रिय सदस्य सीमा गुप्ता, युवा नेताहरु सन्जय सिंह, सन्जय साह, चञ्चल साह र रामबाबु चौरसिया रहेका छन् । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । घण्टाघर चोकमा संविधान दिवसको दिन संविधान संशोधनको माग राख्दै आँफुहरुले शान्तिपूर्ण विरोधका कार्यक्रम गरिरहेका बेला प्रहरीले दमन गर्दै आँफुहरुलाई पक्राउ गरेको जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए ।

उनले प्रहरीको यो रवैया निन्दनीय रहेको पनि बतााए । लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्थामा आफना असहमति र अभिव्यक्ति राख्ने हरेक नागरिकको अधिकार भएपनि प्रहरीले वीरगन्जमा देखाएको रवैया निन्दनीय रहेको भन्दै आपत्तिपनि जनाए ।

पक्राउ परेका नेताकार्यकर्ताहरु रिहा
संबिधान संशोधनको माग गर्दै प्रदर्शनमा उत्रिएका क्रममा पक्राउ परेका जनमत पार्टी पर्सा अध्यक्ष ओम प्रकाश सर्राफसहित ७ जना नेताकार्यकर्ताहरुलाई प्रहरीले केही बेर अगाडि रिहा गरेको युवा नेता मनोज साहले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *