वीरगन्ज :

जनमतद्वारा बिन्दवासिनीमा पनि नि:शुल्कु आँखा शिविर

श्रेणी : मधेस

3 months
Pradeep Sah
2.6kViews
1585 Shares

वीरगंज । जनमत पार्टी, पर्साको लोककल्याणकारी अभियान अन्तर्गत आइतबार वीरगंज महानगरपालिकाकाे वडा नम्बर १९ बिन्दवासिनीमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

क्षेत्रीय पार्टी कार्यालय बिन्दवासिनीमा भएकाे शिविरमा १५२ जना महिला /पुरुष चेकजाँच गराएका हुन् । जस मध्ये ४३ जनामा मोतियाबिन्द भेटिएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले जानकारी दिए । मोतियाबिन्दु भएकाको शल्यक्रिया वीरगंज सामुदायिक आँखा केन्द्रमा निशुल्क रुपमा गरिने अध्यक्ष सरार्फले बताए ।

सर्राफले हाम्रो अभियानबाट अहिले सम्म एक हजार भन्दा बढी जन समुदाय लाभान्वित भएकाे वताए । उनले २५० भन्दा बढीको मोतिया बिन्दको शल्यक्रिया सफलता पुर्वक सम्पन्न जानकारी गराए ।

शिविरमा जनमत पार्टीका केन्द्रिय सदस्यहरु बिध्यालाल प्रसाद, रम्भा मिश्र, केन्द्रिय सदस्य एवं पुर्व एसएसपी अनुराग द्विवेदी सहित नेताहरु अन्जना गुप्ता, संजय सिंह, सन्तोषी महतो, राजु साह, सरोज यादव, अजय साह कानु, महन्त रायभर लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *