वीरगन्ज :

जनमतका महासचिव सिंहद्वारा सामुदायिक भवन शिलान्यास

श्रेणी : अर्थ

3 weeks
Pradeep Sah
2.5kViews
1671 Shares

जनकपुर,२४ वैशाख । जनमत पार्टीका महासचिव तथा पूर्व यातायात मन्त्री चन्दन सिंहले महोत्तरीको जलेश्वर नगरपालिका–३ स्थित खैरा टोलमा सामुदायिक भवनको शिलान्यास गरेका छन्।

उक्त भवन निर्माणका लागि मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत २५ लाख रुपैयाँको बजेट विनियोजन गरिएको हो। पूर्वमन्त्री सिंहको पहलमा उक्त रकम स्वीकृत भई सामुदायिक पूर्वाधार विकासका लागि भवन निर्माण सुरु गरिएको जनाइएको छ।

शिलान्यास कार्यक्रममा वडाध्यक्ष रतन चौधरी, समाजसेवी जगन्नाथ साह, जलिल अन्सारी लगायत स्थानीयको उपस्थिति थियो। कार्यक्रममा बोल्दै सिंहले विकास निर्माणमा आफू सदैव अग्रसर रहने प्रतिबद्धता जनाउँदै, “जनताको जीवनस्तर उकास्न स्थानीय तहमा आवश्यक पूर्वाधार निर्माणमा सक्रिय छु,” भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *