वीरगन्ज :

जनमतका कोषाध्यक्ष यादवको रिहाइका लागि बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश

श्रेणी : मधेस

8 months
Pradeep Sah
2.5kViews
1103 Shares

काठमाडौँ,१४ वैशाख । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवको रिहाइ माग्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले जिल्ला प्रहरी परिसर ललितपुरलाई कारण देखाउन आदेश दिएको छ।

न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले यादवलाई हिरासतमा राख्नुको कारण स्पष्ट पार्न आदेश जारी गरेको हो। यादवलाई गत वैशाख ७ गते सप्तरीको राजविराजबाट प्रहरीले पक्राउ गरेको थियो। उनीमाथि ठगी र आपराधिक विश्वासघातसम्बन्धी उजुरी परेपछि जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा पक्राउ गरिएको हो।

हाल उनलाई हिरासतमा राखेर म्याद थप गरिएको छ। यादवको तर्फबाट उनकी श्रीमती ललिता कुमारी यादवले शुक्रबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।

अदालतले प्रारम्भिक सुनुवाइपछि प्रहरीलाई यादवको पक्राउ र हिरासतबारे स्पष्ट जवाफ पेश गर्न आदेश दिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *