वीरगन्ज :

जनमतका केन्द्रीय सदस्य दीपेन्द्रसहित दर्जनौं नेता जसपामा प्रवेश

श्रेणी : मधेस

3 months
Pradeep Sah
1.6kViews
1321 Shares

जनकपुर,२८ पुस । जनमत पार्टीका केन्द्रीय सदस्य तथा महोत्तरी क्षेत्र नं. ३ (ख) का पूर्वप्रदेशसभा उम्मेदवार दीपेन्द्र मधेशीसहित दर्जनौं नेता र कार्यकर्ताले जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।

जनकपुरस्थित जसपाको पार्टी कार्यालयमा आयोजित विशेष कार्यक्रमका बीच, पूर्वउपप्रधानमन्त्री एवं जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशीलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरे। यादवले प्रवेश गरेका नेताहरूलाई माला, अबिर, र गम्छाले सम्मान गरे।

जसपामा प्रवेश गर्ने नेताहरूमा जनमतका युवा नेताहरू सुभाष मिश्रा, लव ठाकुर, बैदप्रकाश यादव, नवीन यादव, गोपाल यादव, राम अनेक यादव, अनिल यादव, रामजनय यादव, प्रशान्त यादव, र नरेश यादव लगायत छन्।

कार्यक्रममा अध्यक्ष यादवले नवप्रवेशीहरूलाई जसपाको नीति र उद्देश्यप्रति समर्पित भएर काम गर्न प्रेरित गरे। उनले जसपाले मधेशको हक, अधिकार, र समृद्धिको लागि निरन्तर संघर्ष गर्दै आएको बताउँदै नवप्रवेशीको आगमनले पार्टीलाई थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरे।

यो प्रवेशलाई मधेशमा राजनीतिक समीकरण परिवर्तनको रूपमा हेरिएको छ। विशेष गरी जनमत पार्टीका केन्द्रीय सदस्यहरूको जसपामा आगमनले आगामी दिनमा मधेशको राजनीतिक परिदृश्यमा नयाँ सम्भावना र चुनौती सिर्जना गर्न सक्ने देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *