
श्रेणी : मधेस
काठमाडाैं, १८ चैत्र । जनता समाजवादी पार्टी, नेपालका प्रथम उपाध्यक्ष राजकिशोर यादवले गणतन्त्रलाई जनताको बनाउनको लागि सुधारको आवश्यकता रहेको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, “गणतन्त्रलाई जनताको बनाउ, कमजोरी सुधारेर अघि बढौँ।”
यादवले भने, “अहिलेको जनता मर्न तयार छ तर, कसैको रैती बन्न वा जुत्तामा पालिस गर्न तयार छैन।” उनले गणतन्त्रलाई सही मार्गमा अघि बढाउन जनताको अधिकार र भागीदारीको महत्त्व पुनः जोड दिएका छन्।
चैत १५ गतेको तीनकुने प्रदर्शनलाई उनले “आन्दोलन” भन्न नसकिने र यो “कुकृत्य” मात्र भएको बताए। उनले भने, “त्यो घटनालाई कुनैपनि एंगलबाट आन्दोलन भन्न सक्ने आधार छैन। त्यो कहालीलाग्दो अराजकता र लुटपाट मनसायबाट गरिएको कुकृत्य थियो।”
सरकारको आलोचना गर्दै यादवले थपे, “सरकारले निर्मम भएर त्यो दिनको घटनामा देखिएका सबैलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्छ।” उनले तीनकुनेमा भएको घटनामा प्रशासनको कमजोरी पनि व्याख्या गर्दै, “सरकार थियो? यो प्रकारको उदासिनता कहाँबाट आयो?”
यादवले प्रशासनको सूचना व्यवस्थामा कमजोरी राखेको भन्दै आपत्ति जनाए र सरकारलाई यसको जिम्मेवारी उठाउन आग्रह गरे।

प्रतिक्रिया