वीरगन्ज :

“जनतासँग नजिक र इमानदार उम्मेदवार रिमा यादव” – विजय सरावगी

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.2kViews
1219 Shares

वीरगञ्ज, ६ फागुन। नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा कुमारी यादव ले बुधबार बहुदरमाई नगरपालिका–३ नगरदाहामा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेकी छन्।
स्थानीय टोल–टोलमा पुगेर यादवले विकास, सुशासन र रोजगारीलाई आफ्नो प्रमुख एजेन्डा रहेको स्पष्ट पारिन्। उनले पर्सा–२ मा दीर्घकालीन परिवर्तनका लागि सूर्य छापमा मतदान गर्न मतदातालाई आग्रह गरिन्।
घरदैलो कार्यक्रममा एमालेका केन्द्रीय सदस्य विजय सरावगी, समानुपातिक उम्मेदवार, बहुदरमाई नगरप्रमुख सिंहासन साह, नेता शिव पटेल, पुरन कुर्मी, वडा अध्यक्ष सुरेन्द्र यादवसहित ठूलो संख्यामा नेता–कार्यकर्ता सहभागी थिए।
टोलीले नगरदाहाका विभिन्न बस्तीमा पुगेर स्थानीयवासीसँग छलफल गर्दै उनीहरूका समस्या, अपेक्षा र सुझाव संकलन गरेको थियो। मतदाताले खानेपानीको अभाव, सडकको दयनीय अवस्था, स्वास्थ्य सेवाको पहुँच र बेरोजगारीको समस्या प्रमुख रूपमा उठाएका थिए।
उम्मेदवार यादवले पर्सा–२ मा सडक, स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाइन्। युवालाई स्वरोजगार र रोजगारीका अवसर सिर्जना गर्न ठोस योजना अघि सारिने उनको भनाइ थियो।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य सरावगीले रिमा यादव जनतासँग नजिक, इमानदार र सक्षम उम्मेदवार भएको उल्लेख गर्दै आगामी निर्वाचनमा उनलाई विजयी गराउन सबैलाई एकताबद्ध हुन आह्वान गरे।
चुनावी सरगर्मी बढ्दै गएको पर्सा क्षेत्र नम्बर–२ मा रिमा यादवको घरदैलो अभियानले मतदाताबीच उत्साह थपिएको स्थानीय नेताहरूको प्रतिक्रिया छ। यादवले आगामी दिनमा पनि निरन्तर जनसम्पर्क कार्यक्रमलाई तीव्रता दिने बताएकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *