वीरगन्ज :

जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीता पहिलो प्राथमिकतामाः सभामुख घिमिरे

श्रेणी : BANNER

2 years
birgunj report
18Views
0 Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीतालाई पहिलो प्राथमिकतामा राखेर सभामुखको भूमिका निर्वाह गर्ने बताएका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा आफूलाई सभामुखमा निर्वाचित गराएकोमा धन्यवाद व्यक्त गर्दै सभामुख घिमिरेले निष्पक्ष भूमिका निर्वाह गर्ने बताएका हुन् ।

उनले बहुदलिय व्यवस्थामा राजनीतिक दलहरु नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको भन्दै दलहरुको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसदको गतिशीलता र क्रियाशीलता निर्भर रहने बताए ।

उनले सांसदहरुलाई असल संवैधानिक र संसदीय अभ्यास अँगाल्न आग्रह गरे । उनले विगतको राजनीतिक सक्रियता र संलग्नतालाई थाती राखेर सभामुखको पदीय मर्यादा र भूमिकालाई सदा सदा गरिमायुक्त बनाउनु आफ्नो पहिलो दायित्व भएको बताए ।

उनले संसदीय अभ्यासका क्रममा विकसित गरेका असल अभ्यासहरुको अनुसरण गर्ने प्रतिबद्धता व्यक्त गरे । सभामुख घिमिरेले प्रतिनिधि सभा सांसदहरुलाई सभामा प्रस्तुत हुँदा रचनात्मक र क्रियात्मक सहयोग, सहभागिता र संलग्नताको लागि आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *