
श्रेणी : BANNER
काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलले रवि लामिछनेप्रति लक्षित गर्दै ‘स्टन्ट’ को बिषय बनाउनेहरुलाई जनताले हराउनुपर्ने बताएका छन् ।
आइतबार सामाजिक संजालमार्फत पौडेलले वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा जनताका समस्या ‘स्टन्ट’ को विषय बनाउनेलाई उपनिर्वाचनमा हराएर सबक सिकाउन आह्वान गरेका हुन् ।
उनले भनेका छन्, ‘मेरा मित्र जितनारायण श्रेष्ठजी सानैदेखि चितवनमा बस्नुभयो, मर्दापर्दा सबैको साथी बन्नु भयो, स्थानीयको सुख दुःखमा साथ दिनुभयो। सबैलाई खुशी बनाउन खोज्नुभयो। गाउँमा हुर्केको साधारण मान्छेको छोरो सानैमा कांग्रेस जस्तो पार्टीको जिल्ला सभापति बन्नुभयो। भोलि चाहिँदा उहाँहाँँ सजिलै उपलब्ध हुनुहुन्छ, गाली खान ताली खान सबैको लागि वहाँँ सजिलै उपलब्ध हुनुहुन्छ । जितनारायण स्टन्टवाज हैनन्, यि अगाडि पछाडि क्यामेरा लगाएर स्टन्ट गर्दैनन्, अँध्यारो कुनामा साइबर सेना राखेर आक्रमण गर्दैनन् । चितवनमा यसपाली जनताको समस्यालाई ‘स्टन्ट’ को बिषय बनाउनेहरुलाई हराऔं र सबक सिकाऔं।’
उनले विगतको निर्वाचनमा गोजीमा नागरिकता नभएका व्यक्तिको गफमा जनता भुलेको टिप्पणीसमेत गरेका छन् । उनले भने, ‘जनमतको कदर गर्नुपर्छ तर गएको निर्वाचनमा चितवनमा गठबन्धनले उठाएका उम्मेदवारहरु डा. सुर्यकान्त घिमिरे, डा. भोजराज अधिकारी, डा. विश्व पौडेल (म आँफै)ले हार्यौं । उमेश श्रेष्ठ, जसले धेरैलाई रोजगारी दिनुभएको छ, ले हार्नुभयो। हामीले हार्दा कस्ता “क्षमतावान“ ले जिते, जगजाहेर छ। जसको गोजिमा नागरिकता छैन, उनैको देश बनाउने गफमा हाम्रा जनता भुले । सम्झनु हुन्छ, आफ्नो जनसम्पर्क अफिसमा सिइओ राख्ने नौटंकी ? पानी ओसार्ने नौटंकी ? कोही स्थानियले सिइओको जागिर पाए ? एयरपोर्ट गएर कसैलाई ल्याइयो ?’

प्रतिक्रिया