वीरगन्ज :

जनताको पक्षमा लड्ने पार्टी माओवादी नै होः अध्यक्ष प्रचण्ड

श्रेणी : BANNER

4 months
Pradeep Sah
2.3kViews
1014 Shares

काठमाडाैं,३० मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको बताएका छन् ।

रूपन्देहीको तिलोत्तमामा आयोजित नेकपा (माओवादी केन्द्र) सँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने, ‘पछिल्लो समय जहाँ गए त्यही पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको छ । नेपाली जनताको यो भरोसालाई अलिकति पनि तोड्न दिने छैन । प्रतिक्रियावादी जालिझेलीहरूले राष्ट्रलाई बन्दक बनाउने नेपाली जनतालाई भ्रष्टाचार झाँतोमा पिस्ने जुन काम गरेका छन् ।

अध्यक्ष प्रचण्डले थपे,‘जनताले मनमनै फैसला गरिसकेको छ । जनतालाई माया गर्ने पार्टी माओवादीले नै हो, परिर्वतनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र र नेता प्रचण्ड नै हो भन्ने जनतालाई परेको छ ।’माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारले गरेका काम र अगाडि बढाएका योजनालाई जनताले सकारात्मक ढंगले बुझ्दै गएका कारण माओवादी केन्द्रलाई जनताले माया गर्न थालेको उनले बताए ।

आफू सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान, सामाजिक न्याय, राष्ट्रको हितमा छिमेकी र अन्य राष्ट्रहरूसँग राम्रो सम्बन्ध कायम गर्दै दुरगामी रूपमा राज्यलाई फाइदा हुने गरी चीन र भारतसँग सहमति र सम्झौता गरेको उनले बताए ।

अध्यक्ष प्रचण्डले भने ,‘म सरकारमा रहँदा भ्रष्टाचारीहरूलाई कारबाही अगाडि बढाए। धेरै राजनतिक नेताहरू, ठुलाठुला कर्मचारी, भूमाफियाहरूलाई कारबाही गरी राज्यको सम्पती जनताको हातमा ल्याउने काम गरेँ ।

भ्रष्टाचारीहरूहरूविरुद्धको कारबाही अगाडि बढाउँदा म प्रचण्ड नै अगाडि देखिएँ, त्यसलाई पनि नछोड्न भनेर सुशासनको अभियान चालियो । मिटरब्याज पिडितहरूको समस्या समाधान गर्न ऐन ल्याएर नै समाधान गर्न मेहनत गरियो। त्यसैगरी विदेशमा रहेका नागरिकलाई सामाजिक सुरक्षा कोषमा ल्याउने काम गरियो । अर्थतन्त्रको सुधारका लागि पहल सरकारबाट लिइयो।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *