वीरगन्ज :

जनक शिक्षामा प्रबन्ध सञ्चालकका लागि आवेदन खुला

श्रेणी : प्रदेश

8 months
Pradeep Sah
2.2kViews
1375 Shares

काठमाडौँ, २९ माघ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनक शिक्षा सामग्री केन्द्रमा नयाँ प्रबन्ध सञ्चालक नियुक्त गर्न दरखास्त आह्वान गरेको छ ।

हालका प्रबन्ध सञ्चालक अनिल झाको कार्यकाल आउँदो फागुन १० गते पूरा हुने भएकाले मन्त्रालयले प्रबन्ध सञ्चालक छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि २०८१ तयार गर्दै आवेदन खुलाएको हो। इच्छुक व्यक्तिहरूलाई सात दिनभित्र आवेदन दिन सूचित गरिएको छ ।

जनक शिक्षा सामग्री केन्द्रमा खुला विज्ञापनमार्फत प्रबन्धक छनोट गरिएको यो दोस्रो पटक हो। चार वर्षअघि यही प्रक्रियाबाट अनिल झा नियुक्त भएका थिए।

शिक्षा क्षेत्रका लागि महत्वपूर्ण मानिएको यस संस्थामा योग्य र प्रतिस्पर्धी नेतृत्व चयन हुने मन्त्रालयको अपेक्षा रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *