वीरगन्ज :

जनकपुर र बीरगन्ज भन्सार अस्तव्यस्त सांसद महतोको गम्भीर चिन्ता

श्रेणी : अर्थ

6 months
Pradeep Sah
1.7kViews
1266 Shares

काठमाडौँ,२३ माघ । एमाले सांसद जुलीकुमारी महतोले जनकपुर र बीरगन्जको भन्सार तजबिजमा चलाएको पाइएको बताएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा सांसद महतोले भन्सारहरू अस्तव्यस्त रहेको बताइन् ।

समितिले स्थगलत अनुगमनपछि बसेको बैठकमा सांसद महतोले भन्सारको अवस्था दयनीय रहेको बताइन् । ुजनकपुर र बीरगन्जको भन्सार तजबिजमा चलाएको देखियो । भन्सार कार्यालयहरू पूरै अस्तव्यस्त छन् । कुनै प्रविधि प्रयोग गरिएको देखिएन, सांसद महतोले भनिन्, राजश्व संकलनका लागि सरकारले दिएको लक्ष्य नजिक–नजिक पुगे भयो भन्ने जस्तो देखियो ।

भारतीय बजारबाट चीनीको आयात पोका–पोकामा हुने गरेको पाइएको सांसद महतोको भनाइ थियो । त्यसरी ल्याइएको चिनीको रक्सौलमा ७२ रुपैयाँ प्रतिकिलो पर्ने र नेपालमा एक सय पाँच रुपैयाँ पर्ने गरेको उनले बताइन् ।

भारतीय पक्षले सीमाना सार्दै आएको पनि सांसद महतोले बताइन् । भारतीय पक्षबाट नयाँ(नयाँ स्तम्भ निर्माण भइरहेको विषय उनले उठाएकी हुन् । ुजनकपुर पिप्रौलको सीमा उताबाट सार्दा सार्दा यता ल्याइस्क्यो, नयाँ–नयाँ स्तम्भ निर्माण गरिएको छ, उनले भनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *