वीरगन्ज :

जनकपुर अस्पतालमा कार्यरत एक कर्मचारी मृत फेला

श्रेणी : BANNER

7 months
Pradeep Sah
2.5kViews
1094 Shares

जनकपुर,०१ भदौ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत एक कर्मचारी लुन्ड्री कक्षभित्र मृत अवस्थामा फेला परेका छन्।

जनकपुरधाम उपमहानगरपालिका–७ जिरोमाइलका ४० वर्षीय भोला मेस्तर अस्पतालको लुन्ड्री कक्षमा फलामको पाइपमा प्लास्टिकको डोरी प्रयोग गरी झुन्डिएको अवस्थामा भेटिएका हुन्।

लुन्ड्रीमा काम गर्दै गरेका धनुषा, सबैला–१ का मुकेश यादवले मेस्तर झुन्डिरहेको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *