वीरगन्ज :

जनकपुरमा दुई समुदायबीच झडप, चार राउण्ड अश्रुग्यास प्रहारपछि स्थिति नियन्त्रणमा

श्रेणी : BANNER

1 day
Pradeep Sah
3.0kViews
1851 Shares

जनकपुर,१५ भदौ । मधेस प्रदेशको राजधानी जनकपुरमा आइतबार दुई समुदायबीच मूर्ति विसर्जनका क्रममा विवाद बढ्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको छ।

धनुषा प्रहरी कार्यालयका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार, देवपुरा रुपैठा क्षेत्रमा उत्पन्न तनाव नियन्त्रणबाहिर जान नदिन सुरक्षाकर्मीले तत्काल हस्तक्षेप गरेका थिए। “अवस्था संवेदनशील हुँदै गएकाले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा ल्याइएको हो,” सिंहले बताए।

प्रहरीले विवादको कारणबारे स्पष्ट विवरण नआएको जनाए पनि मूर्ति विसर्जनसँग सम्बन्धित आपसी मनमुटावले झडप निम्त्याएको अनुमान गरिएको छ।

हाल क्षेत्रमा अवस्था सामान्य भए पनि समुदायबीचको विवाद पूर्ण रूपमा समाधान भइसकेको छैन। स्थानीय प्रशासन, सुरक्षाकर्मी र समाजका अगुवाहरूको समन्वयमा समस्या समाधानका लागि पहल भइरहेको अधिकारीहरूले जानकारी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *