वीरगन्ज :

जनकपुरमा जानकी जन्मोत्सव सुरु

श्रेणी : धर्म संस्कृति

5 months
Pradeep Sah
1.9kViews
1889 Shares

जनकपुर,१६ वैशाख । जनकपुरस्थित ऐतिहासिक जानकी मन्दिरमा पवित्र जानकी जन्मोत्सवका अवसरमा सोमबारदेखि औपचारिक कार्यक्रमहरू सुरु भएका छन्। मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासका अनुसार हरेक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदैछन्।

मन्दिर परिसरमा अखण्ड रामायण पाठ पनि नियमित रूपमा जारी छ, जसले धार्मिक वातावरणलाई थप गहन बनाएको छ।

जन्मोत्सवको मुख्य आकर्षण वैशाख २३ गते मंगलबार हुनेछ। सो दिन बिहान ५ बजे जानकीको शाही स्नानका लागि शोभायात्रा दूधमती नदीसम्म निस्कनेछ। त्यसपछि अपराह्न १२ बजे जन्म आरती तथा बधाई कार्यक्रम, दिउँसो ४ बजे भव्य डोला शोभा यात्रा, साँझ ७ बजे विशेष आरती र दीपोत्सव गरिने कार्यक्रम तय गरिएको छ।

त्यसै दिन मानस मोहिनी सध्या देवीबाट विशेष रामकथा वाचन पनि गरिने जानकारी महन्थ दासले दिएका छन्। उनका अनुसार जानकी जन्मोत्सवलाई भव्य र भक्ति भावले सम्पन्न गर्न सम्पूर्ण जनकपुरधाममा व्यापक तयारी गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *