वीरगन्ज :

जनकपुरमा गृहमन्त्री लेखीद्वारा निर्माणाधीन थारु कुटीको निरीक्षण

श्रेणी : मधेस

4 months
Pradeep Sah
2.6kViews
1779 Shares

जनकपुर,०२ जेठ । मधेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले जनकपुरमा निर्माणाधीन अवस्थामा रहेको थारु कुटीको स्थलगत निरीक्षण गरेका छन् ।

प्रदेश सरकारको प्रवक्ता समेत रहेका मन्त्री लेखीले प्रदेश सरकारको अनुदानमा जनकपुरधाममा निर्माण कार्य भईरहेको कुटीको निरीक्षण अवलोकन गरेका हुन् । गृहमन्त्री लेखीको विषेश पहलमा चालु आर्थिक वर्ष २०८१÷०८२ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रममा अन्तर्गत ३५ लाख रुपैयाँको कुल लागतमा थारु समुदायहरुको थारु कुटी निर्माण हुन लागेको हो।

निरीक्षणमा गृहमन्त्री लेखीले हाल सम्मको निर्माण कार्य संतोषजनक रहेको प्रतिक्रिया दिदै बाँकी रहेको कार्य पनि समयमै सम्पन्न हुने गरी गुणस्तरीय रुपमा गर्न निर्माण कार्यमा संलग्न प्राविधिक तथा कामदारहरुलाई आदेशात्मक निर्देशन समेत दिए । गृहमन्त्री लेखी शनिबार सप्तरीको विभिन्न योजनाहरुको शिलान्यास कार्यक्रममा सहभागी समेत हुने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *