वीरगन्ज :

जनकपुरधाम उपमहानगरमा उपमेयर साह र कर्मचारीबीच विवाद, कर्मचारीहरु ‘कलम डाउन’ आन्दोलनमा

श्रेणी : BANNER

2 weeks
Pradeep Sah
2.4kViews
1211 Shares

जनकपुर,०८ असोज । जनकपुरधाम उपमहानगरपालिकामा उपमेयर किशोरी साह र कर्मचारीबीचको विवाद चर्किँदा कार्यालयको कामकाज प्रभावित भएको छ। सोमबार भएको झगडापछि मंगलबार कर्मचारीहरूले उपमेयरमाथि सार्वजनिक अपराध मुद्दा दायर गर्नुपर्ने माग गर्दै ‘कलम डाउन’ आन्दोलन गरेका छन्।

भण्डारण महाशाखा प्रमुख गणेश यादवका अनुसार प्रमुख प्रशासकीय अधिकृत (सीएओ) मित्रलाल ढकालमार्फत कानुनी प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ। उनका भनाइमा, उपमेयर साहले सोमबार कलश यात्रा सकेर फर्केका कर्मचारीलाई आफूलाई सम्मान नगरेको भन्दै गाली–गलौज मात्र होइन, कुर्सीसमेत उठाएर कुटपिट गर्ने प्रयास गरेका थिए।

कर्मचारीहरूले यो घटनालाई अति असह्य बताउँदै कानुनी बाटो रोज्नुपर्ने अवस्था आएको बताएका छन्। मेयर मनोज कुमार साहले समेत उपमेयरको असभ्य व्यवहारले आफू पनि पीडित भएको दाबी गर्दै, “कर्मचारीमाथि बारम्बार अन्याय हुँदै आएको छ, म उनीहरूको पक्षमा छु,” भनेका छन्।

उता, उपमेयर किशोरी साहले भने विवाद समाधानका लागि कार्यपालिका भित्रै वार्ता चलिरहेको बताउँदै तत्काल प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। उनले भने, “वार्ता चलिरहेका बेला प्रतिक्रिया दिँदा समस्या झन् गहिरिन सक्छ। आरोपको खण्डन म समाधानपछि पक्कै गर्नेछु।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *