वीरगन्ज :

जनकपुरधाममा हत्या आरोपीको गिरफ्तारी माग गर्दै लैंगिक तथा यौनिक अल्पसंख्यकको प्रदर्शन

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.8kViews
1187 Shares

जनकपुरधाम,०१ जेठ । जनकपुरधाममा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले हत्या आरोपितलाई तत्काल पक्राउ गर्न माग गर्दै आक्रोशपूर्ण प्रदर्शन गरेका छन्। रामानन्द चोकमा सडक जाम गर्दै उनीहरूले सरकारी निष्क्रियता र प्रहरी प्रशासनको कमजोरीविरुद्ध नारा लगाएका हुन्।

गत चैत २ गते जनकपुरधाम उपमहानगरपालिका–२३, बिन्धी टोलमा होलीको दिन १७ वर्षीय आशु यादवको छुरा प्रहारबाट हत्या भएको थियो। प्रहरीले दुई जनालाई पक्राउ गरे पनि घटनामा संलग्न भनिएका थप पाँच जना अझै फरार रहेको भन्दै प्रदर्शनकारीहरूले असन्तोष जनाएका छन्।

‘भ्रष्ट सरकार मुर्दावाद’, ‘स्थानीय प्रशासन मुर्दावाद’, ‘न्याय मरेको देश’ जस्ता तीव्र नारासहितको प्लेकार्ड बोकेर उनीहरूले विरोध जनाएका थिए। प्रदर्शनका क्रममा एक दर्जनभन्दा बढी सवारीसाधनमा तोडफोड गरिएको जनाइएको छ।

प्रदर्शनका कारण रामानन्द चोक वरपरको क्षेत्र केही समय अवरुद्ध भएको थियो भने सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदर्शनकारीहरूले निष्पक्ष अनुसन्धान र सबै आरोपीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *