वीरगन्ज :

जनकपुरका पाँच निजी अस्पतालमा मधेश सरकारको छड्के अनुगमन

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.2kViews
1087 Shares

जनकपुर,०२ फागुन । जनकपुरका थप पाँच निजी अस्पतालमा मधेश सरकारले छड्के अनुगमन गरेको छ। बिहीबार साँझ मुख्यमन्त्री सतिशकुमार सिंह र स्वास्थ्य तथा जनसंख्यामन्त्री सत्रुधनप्रसाद सिंह सहितको टोलीले निजी अस्पतालहरूको अनुगमन गरेको हो।

अनुगमनका क्रममा जनकपुर मधेश होस्पिटल (पीडारीचोक) र जनकपुर गोल्डेन अस्पताल (रामानन्दचोक) बिना दर्ता संचालनमा रहेको फेला परेको छ। मुख्यमन्त्री सिंहले शुक्रबार बिहानसम्म विरामीलाई अन्यत्र व्यवस्थापन गरी ११ बजेसम्म अस्पताल बन्द गर्न निर्देशन दिएका छन्।

त्यस्तै, सुरक्षा अस्पतालमा अनुगमन गर्दा नवीकरण फेल भएको र सरसफाइमा गम्भीर त्रुटि देखिएको छ। सरसफाइ सुधार्न र कागजातसहित मन्त्रालयमा उपस्थित हुन आदेश दिइएको छ।

ज्योति आँखा अस्पताल का संचालक बाहिर रहेको हुँदा उनलाई भोलि कागजात लिएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिइएको छ।

अनुगमनमा हिरा हस्पिटल मात्र दर्ता कागजात दुरुस्त रहेको पाइए पनि, आकस्मिक कक्षमा ८ वटा बेड राखिएकोले ३ वटा बेड घटाउन निर्देशन दिइएको छ।

यसअघि शनिबार, मुख्यमन्त्री सिंहले २० वटा निजी अस्पतालमा छड्के अनुगमन गरेका थिए। सो क्रममा बिना दर्ता संचालन भइरहेका अस्पतालहरूलाई तत्काल विरामी व्यवस्थापन गरी बन्द गर्न निर्देशन दिएका थिए। केही अस्पतालले निर्देशन पालना गरे पनि केहीले अटेर गरेको पाइएको छ।

अटेर गर्ने अस्पतालहरूमध्ये जनकपुर मोर्डन अस्पताललाई आजै बन्द गरिएको छ। साथै, संचालक रामभरोश महतो नियन्त्रणमा लिइ प्रहरीलाई जिम्मा लगाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *