वीरगन्ज :

जनकपुरका पत्रकार वृजकुमार यादवसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

श्रेणी : अर्थ

3 weeks
Pradeep Sah
2.7kViews
1095 Shares

जनकपुर,१२ चैत । बोलपत्रको सूचना लुकाएर भ्रष्टाचार गरेको आरोपमा जनकपुरका पत्रकार वृजकुमार यादवसहित तीनजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, धनुषाको बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी, लेखा अधिकृत सुमन कुमार पुरी र पत्रकार यादवमाथि अनियमितताको आरोप लगाइएको छ।

पत्रकार यादवले विज्ञापन नै प्रकाशित नगरी ६ लाख ४४ हजार रुपैयाँको फर्जी बिल तयार पारेको आरोप छ। अख्तियारको दाबीअनुसार, बटेश्वर गाउँपालिकाका वडाहरूमा स्वास्थ्य चौकी भवन र डिप बोरिङ निर्माणका लागि बोलपत्र आह्वान गर्नुपर्ने थियो। तर, राष्ट्रिय स्तरको पत्रिकामा सूचना प्रकाशित गर्नुको सट्टा, प्रधान सम्पादक तथा जनकपुर टुडेका अध्यक्ष यादवले बोलपत्रको सूचना लुकाएका थिए।

अख्तियारको अनुसन्धान अनुसार, उनले गाउँपालिकाको कागजातमा राख्ने गरी मात्र एक प्रति पत्रिका छापेर सूचना प्रकाशित भएको देखाउने प्रयास गरेका थिए। पाँच वर्षअघि भएको सो घटनामा यादवले ६ लाख ४४ हजार रुपैयाँको विज्ञापन बिल तयार गरी रकम भुक्तानी लिएको आरोप लागेको छ।

यही आरोपका आधारमा अख्तियारले पत्रकार यादवसहित गाउँपालिकाका प्रशासकीय अधिकृत चौधरी र लेखा अधिकृत पुरीमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *